विराटनगर । प्रदेश नं. १ मा आइतबार थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा विराटनगरमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगर १३ महिला २५ पुरुषसहित प्रदेशमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३८, कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैंचामा समान १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको अर्जुनधारामा २ पुरुष, कनकाईमा १ महिला, र भद्रपुरमा १ पुरुष, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रामानान्द आचार्य सेवा पीठ आइसोलेशनबाट १९, होम आइसोलेशनबाट ९, बी जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आइसोलेशनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् ।

प्रदेश १ मा आज ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७ महिला र ५२ पुरुष को रिपोर्ट पोजेटिभ आएको हो ।