झापा । बिर्तामोडका १ जना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार झापाको बिर्तामोडमा थपिनेमा १ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका-१० नम्बर वडाका ५० वर्षका १ जना पुरुषलाई कोरोना संक्रमण भएको छ ।

यसैगरी मेचीनगर-८ की ७२ वर्षीया वृद्धा महिलाको आइतबार राति ९ वजेर २० मिनेटको समयमा वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । निको हुनेको संख्या ६७८ छ । सकृय संक्रमित ११० जना छन् । झापामा अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ ।