झापा । नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८९१ जनाको परीक्षणमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

यसैबीच, नेपालमा मंगलबार थप ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोनाबाट निको भएको जानकारी दिएको छ । यससँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ, जमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

मंगलबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।