काठमाडौँ । पछिल्लो २४ घन्टामा बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७९ हजार ७२८ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ६१ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

यसैगरी, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा मृत्युहुनेमा १ जना महिला र १० जना पुरुष रहेको बताए ।

कोरोना संक्रमणबाट बाँकेकी ३४ वर्षीया महिलाको मृत्यु भएको हो । त्यसैगरी मृत्यु हुनेमा सुनसरीका ५६ वर्षीय, ५० वर्षीय र २७ वर्षीय रहेका छन् । काठमाडौँका ७८ वर्षीय र ६८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीका ८० वर्षीय, ५५ वर्षीय र ४२ वर्षीय पुरुषको कोरोनाले निधन भएको हो । संक्रमित हुनेहरुमध्येबाट मृत्यु प्रतिशत ० दशमलव ६५ रहेको छ ।