झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका थिए । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी भइरहने जिसस प्रमुख पोर्तेलले स्वास्थ्यको ख्याल गदै पीसीआर परीक्षण गराएका थिए ।
उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए ।
संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उनले जनाए ।आफूलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ ।