झापा । पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा २५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा ७ जना महिला र १८ जना पुरुष छन् ।
संक्रमित थपिएका पालिकामा भद्रपुर र मेचीनगरमा समान १०-१० जना, बिर्तामोडमा ४ जना र बाह्रदशी गाउँपालिकामा १ जना रहेका छन् । भद्रपुरमा २ महिला र ८ पुरुष छन् । उनीहरु स्थानीय हुन् ।
संक्रमितमध्ये एक जना सुरक्षाकर्मी, ५ जना थुनुवा र एक जना हल्दिबारी ठेगाना भएका व्यक्ति छन् भने बाँकी स्थानीय बासिन्दा हुन् । त्यस्तै, मेचीनगरका संक्रमित पनि स्थानीय बासिन्दा रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मेचीनगरमा ४ महिला र ६ पुरुषमा आज संक्रमण पुष्टि भएको हो । जसमा ६ र ८ नम्बर वडाका सबै स्थानीय हुन् । उनीहरुको उमेर ३२ वर्षदेखि ५७ वर्षसम्मका छन् ।
त्यस्तै, बिर्तामोडमा एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको हो । जसमा एक जना स्वास्थ्यकर्मी पनि छन् । १ र ३ नम्बर वडाका उनीहरुको उमेर २५ वर्षदेखि ४६ वर्ष रहेको छ । उनीहरु सबै स्थानीय हुन् ।
त्यस्तै, बाह्रदशी गाउँपालिकाका ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । २ नम्बर वडाका उनी स्थानीय बासिन्दा हुन् ।
यो संक्रमणसँगै झापामा संक्रमितको संख्या एक हजार ३ जना पुगेको छ भने ८४८ जना निको भएर घर फर्किसकेका छन् । सक्रिय संक्रमितको संख्या १४४ जना रहँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।