भद्रपुर । चिकित्सक, उद्योगी र ट्राफिक प्रहरीलगायत गरी भद्रपुरमा एकैदिन १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १५ पुरुष र १ महिला रहेका छन् । त्यसमा मेची अस्पतालका ३ जना चिकित्सकलाई पनि कोरोना देखिएको छ ।

त्यस्तै, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाललाई समेत कोरोना पुष्टि भएको छ । भद्रपुर क्षेत्रमा कार्यरत ४ जना ट्राफिक प्रहरीलाई कोरोना देखिएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए ।

उनका अनुसार संक्रमितहरु वडा नम्बर-७ का २ , ५ का १, १० का २, ६ का ३, ८ का २ र दुई जनाको वडा खुलेको छैन । शुक्रबार मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालामा २८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ जना जिल्ला बाहिरका भएको फोकल पर्सन जितेन्द्रकुमार झाले बताए ।