झापा । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

बिहीबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, नेपालमा शुक्रबार थप १६ सय ८० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १६ सय ८० जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।

यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।