धरान । आज बिहानै धरानमा १३५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पिसिआर परिक्षणको दैनिक रिपोर्ट अनुसार धरानमा अहिलेसम्मकै यो उच्च संक्रमित संख्या हो । धरान १७ स्थित एन्फा एकेडेमीमा बिहिबार स्वाब संकलन गरिएको र प्रतिष्ठानमा पनि स्वाब लिइएकाहरुको रिपोर्ट आज बिहान आएको हो ।

संक्रमितहरुमा उपमहानगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, महिला अधिकारकर्मीहरु पनि छन् । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ११०० पुगेको छ ।