बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ ।
क्यान्सर रोग विशेषज्ञ डा यादवले आज विहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।
उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।
उनी क्यान्सर हस्पिटल र बिएन्डसी हस्पिटलमा कार्यरत छन् । बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले पनि डा यादवलाई संक्रमण पुष्टि भएको बताए ।