विराटनगर । प्रदेश १ मा आइतबार थप ४०९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । १ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् ।

मोरङको सुन्दरहरैंचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २-२, कटहरी र सुनबर्षीमा १-१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३-३, कमल गाउँपालिकामा २, गौरादह, बा¥हदशी र झापा गाउँपालिकामा १-१ जना रहेका छन् ।

त्यस्तै उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १-१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

प्रदेश १ मा आइतबार थप २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट १०२ जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म २८ महिला र ७४ पुरुषको मृत्यु भएको हो ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा।सरोज विसालले बताए ।

सवैभन्दा धेरै मोरङमा ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १-१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको ।कोरोना परीक्षण गरिएको जनाइएको छ ।