इलाम । इलाम स्वास्थ्य कार्यलय इलामका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गएको २२ गते मोरङमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि उनी विराटनगरस्थित आफ्नै घरको होम आइसोलेसनमा बसेर स्वास्थ्य उपचार गराईरहेका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उनलाई संक्रमणको पुष्टि भएसँगै उनको कन्ट्याक ट्रेसिङमा परेकाहरु २४ जनाको आइतबार स्वाब संकलन गरिएको छ । उनीहरु इलाम स्वास्थ्य कार्यालय र इलाम अस्पताल इलामका कर्मचारी हुन् ।

स्वाब परीक्षणका लागि झापाको कोटीहोमस्थित परीक्षण केन्द्रमा पठाइएको इलाम कोभिड–१९ फोकल पर्सन कुलबहादुर पौड्यालले जानकारी दिए ।