विराटनगर । प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १-१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १-१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुर र बिर्तामोडमा ८-८, मेचीनगर र कनकाईमा ३-३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३, ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५-२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०-१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।