झापा । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० की ४२ वर्षिया सकुन्तला भुजेल रहेकी छन् ।

उनको आज बिहान ५ः५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर ती महिलालाई कात्तिक ८ गते विराटनगर लगिएको थियो । विराटनगरबाट शवलाई ल्याएर नेपाली सेनाले अन्त्येष्टि गर्ने जनाइएको छ ।

मेचीनगरमा कोरोना संक्रमणबाट हिजो मात्र एक बृद्धाको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५७ पुगेको छ ।