बिर्तामोड । झापामा अहिले निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाकै बीचमा कोरोना भाइरस संक्रमण तीव्र बनेको पाइन्छ । हिजोमात्र बिर्तामोडमा एकैदिन सय जनालाई कोरोना संक्रमण देखिएको छ ।
बिर्तामोडका ५२ महिला र ४८ पुरुष गरी एक सयजनालाई हिजो संक्रमण पुष्टि भएको हो । त्यस्तै कनकाईका २७ महिलासहित ५२ जना , मेचीनगरका २० महिलासहित ४८ जना, दमकका २६ महिलासहित ४६ जना, अर्जुनधाराका १९ महिलासहित ३७ जना, कमलका १८ महिलासहित ३० जना, शिवसताक्षीका १० महिलासहित २२ जना संक्रमित भएका छन् ।
हिजो झापामा १८२ महिला र १८० पुरुष गरी ३६२ जनालाई संक्रमण देखिएको हो । त्यसैगरी बुद्धशान्तिका ७२ वर्षिय पुरुषको बिर्तासिटी र धरानका ७० वर्षिय पुरुषको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४७७ पुगेको छ ।
त्यसैगरी कूल संक्रमितको सँख्या २३ हजार ६४१ पुगेको छ । त्यसमध्ये १६ हजार ३५ जना डिस्चार्ज भएका छन् । झापामा ३ हजार ६०८ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।