अर्जुनधारामा उमेर समूहअन्तर्गत खाेप लगाइँदै । फाइल तस्वीर

झापा । झापामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार झापामा १ लाख ७ हजार ९ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

पहिलो चरणमा उपलब्ध भएको कोभिशिल्ड लगाउन अनिच्छुक देखाएका झापाली दोस्रो र तेस्रो चरणमा आएको खोप लगाउन भने निकै हतारिएका थिए ।

पहिलो पटक भारतबाट ल्याइएको कोभिशिल्ड खोप लगाएका उमेर समूह र फ्रन्टलाइनरहरुलाई हालसम्म खोप उपलब्ध नभए पनि चिनियाँ भेरोसिल खोप लगाएकाले दुवै मात्रा पाएका छन् भने अमेरिकन जोनसन खोप लगाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

कार्यालयका अनुसार झापामा स्वास्थ्य कार्यालय झापाका अनुसार भेरोसिल खोप लगाउनेको सङ्ख्या ६३ हजार ११६ रहेको छ भने जोनसन खोप लगाउनेको सङ्ख्या ४४ हजार ८७५ रहेको कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।