धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् । रेग्मीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई रजिष्ट्रार पदबाट राजीनामा बुझाएको पत्र बुझाएका छन् ।

बीपी प्रतिष्ठानका ६ जना सिनेट सदस्यले वर्तमान चारैजना पदाधिकारीहरुलाई बर्खास्त गर्न बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निवेदन दिएको भोलिपल्ट डा रेग्मीले पदबाट राजीनामा दिएका हुन् ।

रेग्मीले सरकारले बीपी प्रतिष्ठानमा भएको छानविन प्रक्रियालाई सहयोग गर्न आफूले पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले रेग्मीले रजिष्ट्रार पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्रीलाई बुझाएको पुष्टि गरेका छन् । रेग्मीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बीपी प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्त गरेका थिए ।

बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरु खनाल, रजिष्ट्रार डा रेग्मी र निर्देशक डा गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं रुपैयाँ भ्रष्ट्राचार गरेको प्रतिष्ठान संचालन गर्न नसकेको भन्दै ७४ दिनदेखि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनरत छन् । अन्नपूर्णपोस्टबाट