बिर्तामोड । बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि १५ दिनसम्म स्त्री तथा प्रसुति रोगसम्बन्धी ओपीडी सेवातर्फ निःशूल्क गर्ने भएको छ ।

 

हस्पिटलले भदौ ३ गतेदेखि १८ गतेसम्म स्त्री तथा प्रसुति रोगसम्बन्धी ओपीडी सेवातर्फ निःशूल्क गर्ने निर्णय गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

 

उनका अनुसार सोही अवधिमा स्वास्थ्य परीक्षण (इन्भेस्टिगेशन)तर्फ पनि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । विगतमा पनि बिरामीका लागि सहुलियतरुपमा सेवा दिँदै आएको हस्पिटलमा अत्याधुनिक प्रविधिसँगै डा सुजाता खड्का न्यौपाने र डा ज्योति लामालगायत विशेषज्ञ टिमले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ ।