fbpx

झापामा गोली हानी पूर्व सशस्त्र प्रहरीद्वारा आत्महत्या, भतिज घाइते

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार २२:०६

झापा । गौरादह नगरपालिका वडा न. ८ स्थित बैराती स्कुल अगाडि एक व्यक्तिले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।   गौरादह ८ बस्ने बिरन साहले आफैँले गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा उनका भतिजा हेमराज ...

हचुमासा वनका संस्थापक अध्यक्ष खत्रीसहित उत्कृष्ट टोल, हेरालु पुरस्कृत

न्यूज सञ्जाल १ कार्तिक २०७९, मंगलवार ०९:३०

अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधारणसभाको अवसरमा सोमबार विभिन्न विधामा पुरस्कृत गरिएको छ ।   कार्यक्रममा समूहका संस्थापक अध्यक्ष प्रेम खत्रीलाई नगदसहित सम्मान गरिएको छ । संस्थापक अध्यक्ष खत्रीलाई नगद २० हजार ...

झापामा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु, दुई गम्भीर

न्यूज सञ्जाल ३१ आश्विन २०७९, सोमबार २०:३५

बिर्तामोड । झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोही मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।   चारपाने-राजगढ ...

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ३० आश्विन २०७९, आईतवार ०८:३९

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिवार साँझ भ्यानको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।   माइधार-भालुखोला सडकखण्डको किरात चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा ...

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

न्यूज सञ्जाल ३० आश्विन २०७९, आईतवार ०८:१८

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ...

नेपालभर फैलियो डेंगी, ४७ को मृत्यु

न्यूज सञ्जाल २९ आश्विन २०७९, शनिबार १९:३३

काठमाडौँ । डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको छ । डेंगी संक्रमण रोक्न प्रतिकार्यका कार्य ...

अपहरणपछि गेष्ट हाउसमा हत्या गर्ने ३ जना पक्राउ

न्यूज सञ्जाल २९ आश्विन २०७९, शनिबार ०८:३७

विराटनगर । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकको विराटनगरमा हत्या गरिएको अवस्थामा शुक्रबार शव फेला परेको छ । सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।   उनको हत्यामा संलग्न भएको ...

अर्जुनधाराका कुमार सुब्बा गुरुङको हत्या आरोपमा पक्राउ

न्यूज सञ्जाल २८ आश्विन २०७९, शुक्रबार १८:५२

बिर्तामोड। अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षीय नवीन्द्र गुरुङको हत्यापछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा भन्ने कुमार आङदम्वे रहेका छन् । ...

बिर्तामोडका युवा किशोरी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ

न्यूज सञ्जाल २७ आश्विन २०७९, बिहीबार १६:४९

बिर्तामोड । बालिकालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १० का २८ वर्षीय सुमन राई रहेका छन् ।   उनले पाँचथरको मिक्लाजुङ गाउँपालिका २ की १६ वर्षीया बालिकालाई आत्महत्याका लागि ...

इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

न्यूज सञ्जाल २७ आश्विन २०७९, बिहीबार ०८:१०

इलाम । दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो ।   यहाँ तीर्थालुको लागि खान-बस्नका ...

1 110 111 112 113 114 632
×