पाँचथर । फिदिम जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा झापा ११ एफसी र त्रिभुवन आर्मी क्लबले भिड्ने पक्का भएको छ ।

शनिबार फिदिम माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली आर्मीले दार्जीलिङको रोयल एफसीलाई २–१ गोलले पराजित गरेपछि सोमबार हुने फाइनल खेलमा झापा ११ सँग फाइनल भेट पक्का गरेको हो । झापा ११ ले सरस्वती युथ क्लब काठमाडौँलाई पहिलो सेमिफाइनल खेलमा १–० गोलले पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

आर्मीका लागि पहिलो गोल रोयल एफसीका तर्फबाट आत्मघाती उपहार थियो । खेलको १६औँ मिनेटमा रोयलका डिफेन्डरले बल क्लियर गर्न खोज्दा आत्मघाती भएको थियो । तर, रोयलका सिद्धान्त क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । आर्मीका डिफेन्डर विट भइसकेको अवस्थामा सिद्धान्तले वान भर्सेज वानमा बललाई चिप गर्दै जाली चुमाएका थिए ।

आक्रामक खेलमा जीत दर्र्ता गर्नका लागि आर्मीले ९० मिनेट पूरै खेल्नु परेको थियो । आर्मीले खेलको ९१औँ मिनेटमा पाएको थ्रोमा एरिक विष्टले उत्कृष्ट गोल गर्दै आर्मीलाई उपाधि नजिक पु¥याएका हुन् ।

खेलको म्यान अफ दी म्याच आर्मीका एरिक विष्ट घोषित हुँदै नगद १० हजार पाउन सफल भए । पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ ।