इलाम। एक महिना देखि बालिका वेपत्ता भएपछि परिवारले खोजी कार्य शुरु गरेको छ ।
यहाँस्थित देउमाई नगरपालिका वडा नं।५ धुसेनीकी १५ बर्षीया बालिका सुजता फियाक गत बैशाख ६ गतेबाट वेपत्ता भएपछि परिवारले प्रहरी कार्यालयलाई समेत अनुरोध गरेर खोजी कार्य शुरु गरेको हो ।
दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिडेकी सुजता नफर्किएकी हुन् । बालिकाका दाजु (काकाका छोरा) विक्रम फियाककले छरछिमेक तथा आफन्तमा समेत बालिका नभभएपछि प्रहरीसँग समन्वय गरेर खोजी कार्य चलिरहेको बताउनुभयो ।
४.५ फिट उचाइ भएकी सुजता निलो रङ्गको लुगा लगाएको अवस्थामा हराएको बताइएको छ । यता, जिल्ला प्रहरी कार्यालयले समेत बालिकाको खोजी गरेपनि हाल सम्म सम्पर्कमा नआएको बताएको छ ।