सुनसरी । बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई कोरोना सङ्क्रमण भएको छ । परीक्षणका क्रममा सोमबार साँझ उपकुलपति गरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

उपकुलपतिले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै २ हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदा रहँदै आफू कोरोनाको सङ्क्रमणमा परेको उल्लेख गर्दै आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु अनुरोध गर्नुभएको छ ।

उपकुलपतिको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमै बस्ने बताइएको छ ।