झापा । नेपालमा मंगलबार थप १३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको परीक्षणमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
मंगलबार थप २ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप दुई जनाको मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।