झापा । बिर्तामोड नगरपालिकाका ३ जनासहित झापामा आज शनिबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार ६ जना पुरुष र १ जना महिलामा सक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु भद्रपुर नगरपालिकाका १ जना पुरुष र १ जना महिला ,कचनकवल गाउँपालिकाका १ जना पुरुष, बिर्तामोड नगरपालिकाका ३ जना पुरुष र कन्काई नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
आज संक्रमितहरु सबै स्थानीयबासी रहेका चौंलागाईंले बताए । उनका अनुसार बिर्तामोड १, ५ र ९ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । उनीहरु ६०, ३२ र ८३ वर्षका पुरुष छन् ।
कचनकवल ५ का संक्रमित व्यक्ति १९ वर्षीय पुरुष, भद्रपुर १० का २० वर्षीय पुरुष र ५५ वर्षीया महिला छन् भने कनकाइ नगरपालिकाका वडा नखुलेका ४४ वर्षीय पुरुष छन् ।
यो संगै झापामा कुल कोरोना संक्रमितको संख्या ८४३ पुगेको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।