भद्रपुर । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारका दुई सदस्य संक्रमित भएका छन् ।

गत बुधबार भद्रपुर १० बस्ने ८६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोही मृतकको परिवारका दुई सदस्यलाई आज संक्रमण देखिएको हो । मृतकका ३५ बर्षीया बुहारी र २० वर्षीय नातिलाई संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

संक्रमित भएका दुवै आमा–छोरालाई उपचारका लागि मेची प्रादेशिक हस्पिटलको कोभिड उपचार केन्द्रमा लगिएको छ । ५७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा दुई जनाको रिपोर्ट पोजिटिभ आएको र बाँकी ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन भट्टराईले बताए ।