विराटनगर । विराटनगरमा एकै दिन १३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ५१ महिला र ७९ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्कै उच्च हो ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकै दिन १३० जना थपिएपछि संक्रमितको संख्या २ हजार १८६ पुगेको छ । विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।

आइतबार प्रदेश १ मा जम्मा १८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण देखिएको हो ।

मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २-२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १-१ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १-१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आइसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।