झापा । झापामा आज सोमबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार आज संक्रमितहरु सबै जना पुरुषहरु रहेका छन् ।
संक्रमितहरु मेचीनगर वडा न ३ ठेगाना भएका र अर्का १ जना पुरुष खोटांगको ठेगाना भएका सुरक्षाकर्मी रहेका छन् ।
यस्तै झापा गाउँपालिकाका वडा न. ६ का १ जना पुरुष, बिर्तामोड नगरपालिकाका वडा न. ८ का १ जना पुरुष रहेका छन् । आजका संक्रमितहरु सबै स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए ।
यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८५१ पुगेको छ । जसमा ७७७ जना निको भएका छन् भने अब ६६ जना उपचारारत छन्। झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।