बिर्तामोड । झापाको बिर्तामोडमा एक चिकित्सक र प्रहरीका एक सईसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा संजीवनी हस्पिटल बिर्तामोडका एक चिकित्सक र इलाका प्रहरी कार्यालय बिर्तामोडका सई रहेका छन् । बिर्तामोड नगरपालिका ३ बस्ने सजींवनीका चिकित्सकलाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

त्यस्तै इटहरी उपमहानगरपालिका २ ठेगाना भई इप्रका बिर्तामोडका प्रहरी नायव निरीक्षकलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोड वडा नं ५ र ८ का दुई स्थानीय महिलालाई पनि आजै संक्रमण देखिएको खड्काले जानकारी दिएका छन् ।

यस्तै, अर्जुनधाराका दुई व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ । जसमा सिभिल बैंक अर्जुनधाराका एक जना कर्मचारी र अर्जुनधारा ६ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार गौरादह नगरपालिकाका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।