झापा । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख नाघेको छ ।
शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २७९ जनाको परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
मृत्यु हुनेको संख्या छ सय पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।
बिहीबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार १६ सय ८० जनाले जिते कोरोना
त्यस्तै, नेपालमा शुक्रबार थप १६ सय ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १६ सय ८० जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।
यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।