विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु भएको छ । मंगलबारदेखि यो सेवा सुरु भएको हो।
कोभिड-१९ का विरामीका लागि मंगलबारदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो। सेवा शुभारम्भ गर्दै कोभिड-अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका छन्।
प्रदेश सरकारले कोभिड–१९ अस्पतालमा सेवाहरु थपगर्दै लगेको छ। अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर वस्नेतले बताए।
कोभिड-१९ अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ। अस्पतालबाट हालसम्म ४६१ जना डिस्चार्ज भएका छन्। ६२ जना अहिले उपचाररत रहेका छन्।