विराटनगर । प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २-0२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरंगको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७-७, उर्लाबारी र ग्रामथानमा ३-३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १-१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १०, बिर्तामोड र गौरादहमा ४-४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १-१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ ।

प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन् । होम आइशोलेसनबाट २३४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आइशोलेसन र बैजनाथपुर आइशोलेसनबाट ७-७, नोवेल अस्पताल र बेलबारी आइशोलेसनबाट ६-६, धाइजन आइशोलेसन केन्द्र र न्यूरो अस्पतालबाट ४-४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आइशोलेसनबाट ३-३, कोभिड १९ आइशोलेसन अस्पताल, कोभिड १९ आइशोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २-२, इलाम अस्पताल, कोभिड १९ आइशोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।