विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना कोरोनामुक्त भएका छन् भने बिहीबार १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
होम आईसोलेसनबाट ५७८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका छन् । यस्तै, विराट सामुदायिक भवनबाट ७ जना, मारवाडी सेवा सदन आईसोलेसन र काली सदन आईसोलेसन विराटनगरबाट ४-४ जना डिस्चार्ज भएका छन् ।
यसैगरि, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २-२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि. जेनरल अस्पताल हरिनगरबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ ।
यस्तै, प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २-२, इलाम, तेह्रथुम र भोजपुर १-१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । मोरंगको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३-३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १-१ जना थपिएका छन् ।
झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २-२, अर्जुनधारा र मेचीनगरमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३-३, इनरुवामा २ र रामधुनीमा १ जना थपिएका छन् ।
ताप्लेजुङको मैवाखोला र फुङलिङमा १-१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।
प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।