काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज थप २ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी जम्मा ३६ हजार ४ सय ५२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार २ सय १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।