इलाम । आठौँ राष्टिय खेलकुद अन्तरगत प्रदेश नम्बर १ को छनौट प्रतियोगितामा सहभागी हुन जाने इलामका महिला फुटबल खेलाडीहरुलाई शनिबार बिदाइ गरिएको छ ।

इलामको रोङस्थित कुटिडाँडामा आयोजित बिदाइ कार्यक्रमका बीच सहभागी हुन जाने खेलाडीहरुलाई पोषाक तथा टिकाखदा लगाएर बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा गाउपालिका अध्यक्ष शम्शेर राई सहित वडा नम्बर ३ का वडा अध्यक्ष मात्रिका बराल वडा सदस्यहरु प्रेमराज गुरुङ शान्ति निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक हिम्मेश्वर यादब, फुटबल प्रशिक्षक दर्शन भक्तराज, तेक्वान्दो प्रशिक्षक बुध्दिराज खवास लगायत खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

छनौट प्रतियोगितामा इलाम बाट मञ्जु राई, सञ्जीता सोङमी, कमला गुरुङ, सोमरानी राई, केशिका राई, डोल्मा सेर्पा, जोतिफर रानामगर, रिता राई, सूचना राई, बिकी शेर्पा प्रिया राई, इन्दिरा राई बितिशा राई, बिमला लिम्बु, सिजन खवास र अनिता राई सहभागी हुदैछन् । टोलीमा प्रशिक्षक द्वय चिरञ्जिबी निरौला र बरुण लिम्बु तथा ब्यवस्थापकीय जिम्मेबारीमा जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नरबहादुर खवास सहभागि भएका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै रोङ गाउपालिकाका अध्यक्ष शम्शेर राईले देशकै सम्भावना बोकेका महिला खेलाडीहरु यो देशका गहना भएकाले खेल र खेलाडीको बारेमा व्यापक छलफल गर्नुपर्ने बताए । उनले यस मामलामा खेलाडीको ब्यवसायिकताको लागि गाउपालिकाले के गर्नुपर्ने हुन्छ सुझाब दिन पनि खेलाडीहरुलाई आग्रह गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।