चितवन । यहाँ जारी भरतपुर गोल्डकपको फाइनल खेलमा झापा ११ एफसी १ गोलले पछाडि परेको छ ।
पहिलो हाफ सकिँदा झापा ११ माथि सिएमजी संकटा क्लबले १ गोलले अग्रता लिएको हो । उसका लागि खेलको १४औँ मिनेटमा अमित तामाङले गोल गरेर अग्रता दिलाएका हुन् ।
झापाले राम्रा मुभ बनाए पनि गोल हुन सकेको छैन । झापाका शक्ति राई, निशान्त खड्का, निशान लिम्बू, दिलेन लोक्तामले अवसर पाए पनि गोलमा परिणत हुन सकेको छैन ।
गोल्डकपको विजेताले नगद ६ लाख पाउनेछ ।