काठमाडौ। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले आगामी दुई मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको घोषणा गरेका छन् ।

घोषित टोलीमा यसपटब बिमल घर्ती मगर, हेमन्त थापा मगर, हेमन गुरुङ, भरत खवास जस्ता चर्चित अनुहार टोलीबाट बाहिरिएका छन् ।
भरत भने चोटका कारण मैदान बाहिर छन् ।

त्यस्तै राष्ट्रिय टोलीका अष्ट्रेलियाबाट स्वदेश फर्किएका मिडफिल्डर जगजित श्रेष्ठले फेरि पनि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भएका छन् । नेपालले यहि आउँदो जुन २ तारीखका दिन मलेसियासँग र ६ तारीखका दिन चाइनिज ताइपेईसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अवे म्याच खेल्दैछ ।

झापाबाट लगातार राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिरहेका विशाल राई, देवेन्द्र तामाङ र अनन्त तामाङ यस पटक पनि समावेश भएका छन् ।

यस्तो छ नेपाली टोली:

गोलकिपर्स :
किरण चेम्जोङ, एलन न्यौपाने, बिकेश कुथु

डिफेन्डर्स :
बिराज महर्जन, सरोज दहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ्, रवि सिलवाल

मिडफिल्डर्स :
सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ

फरवार्डस् :
बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट