धरानमा कर्मचारी, पत्रकारसहित १३५ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार ०७:३७

धरान । आज बिहानै धरानमा १३५ जनामा कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पिसिआर परिक्षणको दैनिक रिपोर्ट अनुसार धरानमा अहिलेसम्मकै यो उच्च संक्रमित संख्या हो । धरान १७ स्थित एन्फा एकेडेमीमा बिहिबार स्वाब संकलन ...

बेवास्ताले फैलिँदै कोरोना, झापामा १०३२ जना संक्रमित

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार ०७:१४

बिर्तामोड । कोरोना सङ्क्रमणको त्रासका बीच सरकारले सार्वजनिक यातायात र बजार खुला गरेपछि सर्वसाधारण पूर्ववत दैनिकीमा फर्किएका छन् । तर, यसले कोरोना सङक्रमण भने बढाउँदै लगेको छ । आवश्यक स्वास्थ्य सुरक्षाविना बजार क्षेत्रमा बढेको भीड र चहलपहलले थप जोखिमको सामना ...

भारतमा थप ७३ हजारमा कोरोना संक्रमण

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार ०७:०१

झापा । भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना ...

आज प्रदेश १ मा अहिलेसम्मकै उच्च ४८५ संक्रमित थपिए

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार १७:५४

विराटनगर । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी मोरंगमा २३० जना थपिएका छन् भने सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ...

बिर्तामोडका ट्राफिक प्रहरीसहित आज झापामा २९ जना संक्रमित थपिए

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार १७:१५

झापा । पछिल्लो २४ घण्टामा झापामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ महिला र २५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुरमा एक महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ । ...

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार १६:४०

झापा । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर ...

कोरोनाबाट मृत्यु हुनेको संख्या छ सय पुग्यो

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार १६:३५

झापा । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु हुनेको संख्या ६०० पुगेको छ । बिहीबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, नेपालमा शुक्रबार थप १६ सय ...

आज भद्रपुरका १६ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार १६:२७

भद्रपुर । चिकित्सक, उद्योगी र ट्राफिक प्रहरीलगायत गरी भद्रपुरमा एकैदिन १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १५ पुरुष र १ महिला रहेका छन् । त्यसमा मेची अस्पतालका ३ जना चिकित्सकलाई पनि कोरोना देखिएको छ । त्यस्तै, ...

भारतमा कोरोना संक्रमित ७० लाख नजिक

न्यूज सञ्जाल २३ आश्विन २०७७, शुक्रबार ०७:५१

झापा । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नजिक पुगेको छ । पछिल्लो समय विश्वमा संक्रमण दर सबैभन्दा उच्च रहेको भारतमा एकै दिन ७० हजार आठ सय १८ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६९ लाख तीन ...

जानकारी दिइएन, कोरोनाले धरान र दमकका व्यक्तिको मृत्यु !

न्यूज सञ्जाल २२ आश्विन २०७७, बिहीबार २०:०९

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरान ८ र दमक १ झापाका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ४६ बर्षीय पुरुषको बुधबार दिउँसो २ ...

1 84 85 86 87 88 101
×