शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार १७:१०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले बताए । पाटन अस्पतालमै ...

२४ घण्टामा २०७१ कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार १६:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा ...

धरानमा कोरोनाले थप तीनको मृत्यु

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार १६:३२

सुनसरी । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान-८ की एक ...

पूर्वाञ्चल क्यान्सर हस्पिटलका प्रमुख डा यादवलाई कोरोना

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार ०९:३५

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ । क्यान्सर रोग विशेषज्ञ डा यादवले आज विहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका ...

नोबलमा सुनसरीका दुई संक्रमितको मृत्यु

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार ०८:४६

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमित व्यक्तिको शनिबार राति मृत्यु भएको छ । सुनसरीको दुहवी-३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । महिलालाई असोज २० गते अस्पताल ...

मेची अस्पतालमा फेरि कोरोना परीक्षण बन्द

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार ०७:२३

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना परीक्षण फेरि बन्द भएको छ । पीसीआर मेसिनको रिएजेन्ट सकिएपछि परीक्षण बन्द भएको हो । होल्डमा रहेका स्वाबको परीक्षण सकिएपछि थप परीक्षण गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि रिएजेन्ट सकिएपछि ...

अर्जुनधारा ७ का एक व्यक्तिमा संक्रमण पुष्टि

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार ०७:०५

झापा । अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या भएका ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । छातीमा समस्या भएपछि स्थानीय शंकर हस्पिटलमा ६ दिनसम्म उपचार गर्दा निको नभए पनि उनलाई धरान रेफर गरिएको ...

आज प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार १८:३७

विराटनगर । प्रदेश १ मा शनिबार थप ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरङमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४-४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ ...

मेचीनगर ४ का वडाध्यक्ष बराललाई संक्रमण पुष्टि

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार १७:५१

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन बराललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिबार उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमणबाट जोगाउन अहोरात्र अग्रपंक्तिमा खटिने उनलाई नै आज कोरोना संक्रमण भएको छ ...

शनिबार झापामा २३ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २४ आश्विन २०७७, शनिबार १७:३३

झापा । पछिल्लो २४ घण्टामा झापामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र कनकाई नगरपालिकाका स्थानीय व्यक्तिमा संक्रमण ...

1 82 83 84 85 86 101
×