शनिश्चरे । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा रगत अभाव हुन नदिनका लागि अर्जुनधारामा रक्तदान कार्यक्रम गरिने भएको छ ।
कोभिड १९ अर्जुनधारा सहयोगी टिमको आयोजनामा भोलि शनिबार बिहान ८ बजे अर्जुनधारा जलेश्वरधाममा रक्तदानको कार्यक्रम गरिने भएको हो । आयोजकका सदस्य कमल पोख्रेलले रक्तदानको कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहने रक्तदान कार्यक्रममा अर्जुनधारा प्रेस क्लब, मामा भान्जा कृषि फार्म, इमरजेन्सी रेस्पोन्स सेन्टर, युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस र शनिश्चरे सुपारी सहकारी संस्थाले सहयोगी भूमिकामा रहेका छन् ।