बिर्तामोड। झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनले भने, ‘अनुहारमा चोट भएको कारण मृतकको  शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा अनुसन्धान अघि बढाएको थियो ।

टना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी सटर भाडामा लिएर बस्दै आएका थिए । घटनास्थलमा सटरको चावीसमेत भेटिएको स्थानीयले बताएका छन् ।