इलाम । सहिद बम बान्तवाको ४० औ स्मृति दिवस इलाममा मनाइएको छ । इलाम नगरपालिका वडा न ९ स्थित सहिद वम वान्तवाको सालिकमा माल्र्यापण गरि ४० औँ स्मृति दिवस मनाइएको हो ।

रत्म बम प्रतिष्ठान इलामको आयोजनामा स्मृति सभा सम्पन गरिएको थियो । स्मृति सभालाई सम्बोधन गर्दे केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमणले ससिद बम बान्तवाले देखाएको बाटो अहिले पनि सान्दर्भिक भएको बताउनुभयो ।

स्मृति सभामा प्रदेश सासंद तथा नेकपा इलाम अध्यक्ष रामा राना जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, रत्म बम प्रतिष्ठानका सचिव रबिन्द्र सुवेदी, उपाध्यक्ष ननुमा राई लगायतले बम बान्तवाको सालिकमा माल्र्यापण गरेका थिए ।

इलाम २००८ सालमा इलामको चमैतामा जन्मिएका बम बान्तवालाई २०३६ साल बैशाख २८ इलामको इलामको साँखेजुङ्गमा हत्या गरिएको थियो । सहिद रत्नकुमार बान्तवालाई हत्या भएको एक महिनापछि तत्कालिन पञ्चायति शासकले बम बान्तवाको हत्या गरेको थियो ।