अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा रहेको शनिश्चरे बजारमा जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्री, लेवल नभएका खाद्य सामग्री, अखाद्य सामग्री जफत गरी नष्ट गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायामाझीका अनुसार द फेमिली स्टोर्स, मंगरु मिष्ठान्न भण्डार, श्री लक्ष्मी स्टोर्स, गुराँस स्टोर्स, सुधा फलफूल स्टोर, जलेश्वरवाली जेनेरल स्टोर्स र काजल किराना पसलमा प्रशासनले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ८ हजारभन्दा बढीको सामान जफत गरी नष्ट गरिएको जनाइएको छ । केही पसलबाट नमूना संकलन गरिएको छ भने केही पसललाई निर्देशन दिइएको जारी विज्ञप्तिमा जनाइएको छ ।