ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका-६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे. १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका-५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका-१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।