खोटाङ । पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् ।

वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।

बेपत्ता भएका आमा र दुई जना बालकको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभयो ।