अर्जुनधारा । झापाको अर्जुनधारा-२ स्थित खुदुनाबारी कृषक समूह पशु पकेट कार्यक्रमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार खुदुनाबारीमा आयोजित एक कार्यक्रमका बीच कृषक समूहको साधारणसभा सम्पन्न भएको हो ।
वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उत्कृष्ट कृषकलाई सम्मान गरेका थिए ।
कार्यक्रममा कृषकहरु मानबहादुर भट्टराई, राजेन्द्र वाग्ले, केदार घिमिरे, डम्बरकुमारी भण्डारी, कल्पना श्रेष्ठ, धनबहादुर सार्की, मानबहादुर तामाङ, केशव पौडेल, भिमप्रसाद घिमिरे, रुद्र तामाङ, भिम फियाकलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा, साना किसान सहकारी संस्थाका अध्यक्ष ज्ञानु खनाल, नगरपालिकाका पशु पंक्षी विकास शाखाका प्रमुख पदम राईलगायतले शुभकामना मनतब्य राखेका थिए ।
खुदुनाबारी कृषक समूहका अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष मदन उप्रेतीले गरेका थिए ।
पुरुष सदस्य ९४ जना र महिला सदस्य ८५ जनासहित जम्मा एक सय ७९ जना शेयर सदस्य र छ वटा टोल समूह रहेको संस्थाको जम्मा शेयर रकम तीन लाख ५८ हजार रहेको छ ।
त्यसैगरी सभामा ९ महिनाको अवधिमा १५ लाख १० हजार नौ सय ४९ रुपैयाँ बराबरको आय-व्यय विवरण प्रस्तुत गरिएको थियो ।
सोही सभाले तुलसीप्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । समूहको उपाध्यक्षमा कमल मण्डारी, सचिवमा देवीप्रसाद ढुंगेल, सहसचिवमा हेमबहादुर खड्का र कोषाध्यक्षमा तुलसा थापा रहेकी छन् ।
सदस्यहरुमा खगेन्द्र खतिवडा, घनश्याम ढुंगेल, चन्द्र सेलवाल, जानुका न्यौपाने, टीका पाठक, धनबहादुर सार्की, धनमाया थापा, नीरा उप्रेती, पूर्णकुमार उप्रेती, प्रेमबहादुर आचार्य, भीम फ्याक, भीमप्रसाद घिमिरे, राधिका उप्रेती र सुवास बराल रहेका छन् ।