काठमाडौँ (एजेन्सी) । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितको संख्या १० लाख १५ हजार ४६६ पुगेको छ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भने ५३ हजार १९० पुगेको छ ।
संक्रमितमध्ये २ लाख १२ हजार २२९ जना भने पूर्ण रूपमा निको भइसकेका छन् । अहिले ७ लाख ५० हजार ४७ जनामा भने कोरोना सक्रिय रहेको छ । तीमध्ये ३७ हजार ६९६ जना भने अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टाभित्र नै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएपनि अमेरिकामा सबैभन्दा बढी कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या साढे दुई लाख पुगेको छ । अमेरिकापछि इटाली, स्पेन र जर्मनीमा बढी संक्रमण भएको छ ।
अहिलेसम्म अमेरिकामा २ लाख ४५ हजार कोरोना संक्रमित भएका छन् । तीमध्ये १० हजार ४ सय मात्रै निको भएका छन् । अमेरिकामा अहिले २ लाख २८ हजार ५८८ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ५ हजार ४ सय २१ जनाको अवस्था भने गम्भीर रहेको छ ।
वर्ल्डो मिटर्सका अनुसार इटालीमा अहिलेसम्म १ लाख १५ हजरा २४२ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ हजार २७८ जना भने निको भइसकेका छन् । अहिले इटालीमा ८३ हजार ४९ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ५ हजार ४ सयभान्दा बढीको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा अहिलेसम्म १ लाख १२ हजार कोरोना संक्रमित भएका छन् । तीमध्ये २६ हजार ७४३ जना भने पूर्ण रूपमा निको भइरसकेका छन् । अहिले स्पेनमा ७४ हजार ९७४ जनामा कोरोना संक्रिय रहेको छ । ६ हजार ९२ जनाको अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८४ हजार ७९४ पुगेको छ । तीमध्ये २२ हजार ४४० जना भने पूर्ण रूपमा निको भइसकेका छन् । अहिले जर्मनीमा ६१ हजार २४७ जनामा कोरोना सक्रिय रहेको छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् ।
चीनमा भने अहिले १ हजार ८६३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ। चीनमा कुल ८१ हजार ५८९ जना संक्रमित भएपनि ७६ हजार ४०८ जना भने पूर्ण रूपमा निको भइसकेका छन् ।
सबैभन्दा बढी मृत्यु हुनेमा इटाली
कोरोना संक्रमित सबैभन्दा बढी अमेरिकामा भएपनि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन अनि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ७६० जनाको मृत्यु भएको छ ।
अहिलेसम्म अमेरिकामा कोरोनाबाट ६ हजार ७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा ९६८ जानको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म कोरोनाका कारण १० हजार ३८४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ९६१ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
जर्मनीमा अहिलेसम्म १ हजार १०७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा १७६ जनाको मृत्यु भएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३१८ जनाको मृत्यु भएको छ । अरू देशमा दिनहुँ मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ भने चीनमा भने दिनुहँ मृत्यु हुनेको संख्या एकदमै न्युन रहेको छ ।
एकैदिन ६ हजारको मृत्यु
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै लगभग ६ हजारको मृत्यु भएको छ भने ८० हजार संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी फ्रान्समा १ हजार ३५५ जनाको मृत्यु भएको छ । त्यसपछि अमेरिकामा ९६८, स्पने ९६१, इटालीमा ७६०, जर्मनीमा १७६, इरानमा १२४, बेलायतमा ५६९, स्वीजरल्याण्मा ४८, नेदरल्याण्डमा १६६, दक्षिण कोरियामा ४, बेल्जियममा १८३, अष्ट्रियामा १२, टर्कीमा ७९, क्यानडामा ५९, पोर्चुगलमा २२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा भएको छ । अमेरिकामा २९ हजार ६७८ संक्रमित भएका छन् । त्यस्तै इटालीमा ४ हजार ६६८, स्पेनमा ७ हजार ९४७, जर्मनीमा ६ हजार ८१३, फ्रान्समा २ हजार ११६, इरानमा २ हजार ८७५, बेलायतमा ४ हजार २२४, टर्कीमा २ हजार ४५६, नेदरल्याण्डमा १ हजार ८३ संक्रमित भएका छन् ।