सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा आजसम्म ७० जनाको स्वाब परीक्षण गरिएको छ ।

परीक्षण गरिएका ७० जनाको स्वाब मध्ये ६५ जनाको नतिजा नेगेटिभ आएको छ भने पाँच जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

अहिलेसम्म १ नं. प्रदेशका विभिन्न अस्पतालमा नमुना लिएर गरेको परीक्षणमा कसैमा कोरोनाको संक्रमण नदेखिएको परीक्षण गरिएका ७० मध्ये ३१ वटा स्वाब वीपी प्रतिष्ठान आफैँले लिएको हो भने अन्य स्वाब प्रदेशका विभिन्न अस्पतालबाट आएका हुन् ।

प्रतिष्ठानमा एक पटकमा १२ जनाको स्वाब परीक्षण हुँदै आएकोमा आजदेखि त्यसको संख्या बढाएर १७ पु¥याइएको जानकारी प्राडा नारायणप्रसाद भट्टराईले दिनुभएको छ ।

प्रतिष्ठानमा आएका नमुनाको परीक्षण भइरहेको भन्दै उहाँले अन्य अस्पतालले पठाएका स्वाबको परीक्षण तत्काल गरिरहेको बताउनुभयो ।

प्रतिष्ठानको आइसोलेसनमा सोमबार एक जना भर्ना भएका छन् । यसअघि ११ जनालाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको भए पनि कसैलाई कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको थियो ।