झापा । सरकारले जारी गरेको लकडाउनको अवधिमा जबरजस्ती सवारी सञ्चालन गर्ने व्यक्तिको सवारी नियन्त्रणमा लिने कार्यलाई सुरक्षाकर्मीले तिव्रता दिएको छ ।

मेचीको प्रमुख व्यापारिका केन्द्रका रुपमा रहेको बिर्तामोडमा मात्र कडाइका साथ कार्यान्वयन गरिएको यस कार्यलाई अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा पनि लागु गरिएको छ ।

स्थानीय ट्राफिक प्रहरी पोस्टका इन्चार्ज दिपेश पौडेलका अनुसार बिहीबार लकडाउनको मापदण्ड उल्लंघन गर्ने १० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । उक्त साधन लकडाउन खुलेपछि मात्र फिर्ता दिइने भएको छ ।