झापा । कोरोना भाइरस (कोभिड १९) का बेला सरकारले जारी राखेको लकडाउनका बेला विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) बिर्तामोडले २० क्वीन्टल चामल अर्जुनधारा नगरपालिकालाई सहयोग गरेको छ ।

अर्जुनधारा नगरपालिकाकी उपमेयर तथा खाद्यान्न व्यवस्थापन समितिकी संयोजक कमला खतिवडा आचार्यलाई बिहीबार एनएमसीका प्रतिनिधिले राहत सामग्री हस्तान्तर गरेका हुन् ।

त्यस्तै, बिर्तामोडकै सतासी बहुमुखी सहकारी संस्थाले पनि राहतस्वरुप नगद ५० हजार सहयोग गरेको छ । उपमेयर आचार्यलाई सतासीका अध्यक्ष रुद्र श्रेष्ठले नगद बराबरको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी अर्जुनधारा ९ मा रहेको जनजीविका सहकारी संस्थाले १५० केजी चामल, १५ केजी दाल, १५ केजी नुन र १५ लिटर खानेतेल उपलब्ध गराएको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ । उक्त संस्थाले नुहाउने साबुन १५ थान र लुगा धुने साबुन एक कार्टन उपलब्ध गराएको छ ।