रोहित काफ्ले,
झापा । झापाको बिर्तामोड नगरपालिकाले पहिलो चरणमा छ हजार ९६० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

नगरपालिकाले १० वटै वडाका २८ हजार ५८६ जनालाई पहिलो चरणमा राहत सामग्री वितरण गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

सबै वडामा लगत संकलन गरिएका विपन्न र असहाय व्यक्ति र परिवारलाई परिहलो चरणमा ११ लाख तीन हजार सात सय ९५ किलो चामलवितरण गरिएको हो ।

यसैबीच नगरपालिकामा गठन भएको राहत कोषमा ९७ लाख ७६ हजार ७४० रुपैयाँ जम्मा भएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था, जीवन विकास लघुवित्त, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी र नेकपा नगर कमिटी बिर्तामोडले भने जिन्सी सामग्री उपलब्ध गराएका छन् ।

यसैगरी अन्य ५५ भन्दा बढी संघसंस्था र व्यक्तिले नगद उपलव्ध गराएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो ।

कोषमा नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।